Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसिसी कार्यान्वयनमा राप्रपाको भूमिका हुँदैन : अध्यक्ष लिङ्देन

एमसिसी कार्यान्वयनमा राप्रपाको भूमिका हुँदैन : अध्यक्ष लिङ्देन

  • शनिवार, फाल्गुण २८ २०७८

  • 1.0K
    SHARES

  • एमसिसी कार्यान्वयनमा राप्रपाको भूमिका हुँदैन : अध्यक्ष लिङ्देन

    काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसिसी कार्यान्वयनमा राप्रपाको भूमिका नरहने बताएका छन्।

    शनिबार सुर्खेत विमानस्थलमा पत्रकाहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने विषयमा पनि आफ्नो पार्टीको भूमिका नभएकाले अबका दिनमा पनि कुनै सरोकार नराख्ने बताए।

    ‘एमसिसीमा हाम्रो सहयोग यसअघि पनि थिएन, अब कार्यान्वयन गर्दा पनि कुनै भूमिका रहँदैन,’ उनले भने, ‘एमसिसीमा सत्ता गठबन्धनभित्रका केही दलहरूले गरेको भनेको व्याख्यात्मक टिप्पणी पनि लाज छोप्ने टालोजस्तो हो, यसमा हाम्रो कुनै लेनदेन छैन।’

    अध्यक्ष अबको स्थानीय निर्वाचनमा राप्रपाले आफ्नो शक्ति प्रदर्शन गर्ने दाबी गरे। उनले भने, ‘राप्रपाको शक्ति कति छ भन्ने स्थानीय चुनावमा थाह हुनेछ, भ्रष्टाचाररहित स्थानीय तह बनाउने गरी हामी चुनावलक्षित भएका छौं।’

    राप्रपाले जितेका स्थानीय तहहरूमा फरक मोडालिटी तयार गरिने उनले बताए। भ्रष्ट्राचाररहित स्थानीय तह बनाउनका लागि आफ्ना पार्टीबाट जितेका जनप्रतिनिधिहरूलाई मन्दिरमा गएर भ्रष्ट्राचार नगर्ने संकल्प गराइने उनले बताए।

    अध्यक्षमा पराजित भएपछि पार्टी छोडेका कमल थापाको विषयमा लिङ्देनले भने, ‘पार्टी परित्याग गरेर राप्रपालाई क्षति हुने भन्दा पनि त्यसलाई शक्तिमा बदलेर अझ सशक्त रूपमा बलियो शक्ति बनाउन प्रेरणा जागेको छ।’

     


    शनिवार, फाल्गुण २८ २०७८०५:५५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij