Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महाभारत छ, अब चुनाव लड्दिनँ : पोखराको मेयरका एमाले उम्मेदवार थापा

महाभारत छ, अब चुनाव लड्दिनँ : पोखराको मेयरका एमाले उम्मेदवार थापा

  • शनिवार, बैशाख १७ २०७९

  • 706
    SHARES

  • महाभारत छ, अब चुनाव लड्दिनँ : पोखराको मेयरका एमाले उम्मेदवार थापा

    काठमाडौं – नेकपा एमालेबाट पोखरा महानगरपलिका प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले अर्को चुनाव नलड्ने घोषणा गरेका छन् ।

    प्रदेश सांसदबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका उनले पार्टीमा अर्को पुस्ता तयार भइसकेको र चुनावमा प्रतिस्पर्धा गर्न सजिलो नभएको भन्दै अर्को पटक उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

    ‘पार्टीमा चुनाव लड्न महाभारत छ । स्वभाविक रुपमा अर्को पुस्ता पनि अब करिब करिब पार्टीले तयार पारिसकेको अवस्था छ,’ शनिबार पोखरा महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा थापाले भने, ‘म आज आदरणीय नेतालाई साक्षी राखेर अर्को पटक चुनाव नलड्ने घोषणा गर्दछु ।’

    उनले चुनाव नलड्ने घोषणा गर्दा मञ्चमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्‍मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायत नेताहरु थिए ।

    थापा पोखराका पूर्वमेयरसमेत हुन् । उनी २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयरमा नेतृत्व सम्हालेका थिए । थापा ०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    बहालवाला प्रदेश सांसदले पोखराको मेयरको उम्मेदवारी नछाडेको भन्दै एमालेकै एक पंक्ति उनीसँग असन्तुष्ट छन् ।

    मेयर प्रत्याशी थापाले आफूहरुले पोखरामा ३५ हजार मतान्तरले जित्ने दाबी गर्दै निर्वाचित भए महानगगरबाट प्राप्त सेवा सुविधा नलिने र अंगदान दिने घोषणासमेत गरेका छन् ।


    शनिवार, बैशाख १७ २०७९०४:१८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij