Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अछाम घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सभामुखको निर्देशन

अछाम घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सभामुखको निर्देशन

  • बुधवार, जेठ २५ २०७९

  • 777
    SHARES

  • अछाम घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सभामुखको निर्देशन

    काठमाडौं । सभामुख अग्नि सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको छ ।

    बुधबार (आज)को प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
     
    आजको बैठकको विशेष समयमा सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 
     
    त्यसपछि सभामुख सापकोटाले त्यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको  भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश दिनुभयो ।
     
    यसअघि मंगलबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गरी पीडित पक्षको किटानी जाहेरी दर्ता गर्न, दोषीलाई पक्राउ गरी कारबाही अघि बढाउन मागसमेत गरेका थिए ।
     
    गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करिब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।
     
    पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।


    बुधवार, जेठ २५ २०७९१२:२३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij