Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जनार्दन शर्माले अस्वीकार गरे उपमहासचिव पद

जनार्दन शर्माले अस्वीकार गरे उपमहासचिव पद

  • बुधवार, भाद्र २२ २०७९

  • 1.0K
    SHARES

  • जनार्दन शर्माले अस्वीकार गरे उपमहासचिव पद

    काठमाडौं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गर्नुभएको छ । 

    बुधबार (आज) अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताउनुभयो ।  

    शर्मा, महासचिवका दावेदार हुनुहुन्थ्यो । तर ४ भदौमा देव गुरुङ महासचिव बनाउँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई उपमहासचिव बनाउनुभयो । माओवादीले गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मात्रिका यादव उपमहासचिव तोकेको थियो । त्यो निर्णयमा शर्माले फरक मत राख्नुभएको थियो । 

    पार्टीमा ६ जना उपमहासचिव रहेको भन्दै शर्माले कार्यक्रममा भन्नुभएको छ, ‘म संगठन विभाग प्रमुखको हैसियतले सम्बोधन गरेको तपाईंहरुलाई जानकारी गराउन चाहन्छु ।’


    बुधवार, भाद्र २२ २०७९०३:०२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij