Sep 10 2026 | २०८३, भाद्र २५ गते

२०८३, भाद्र २५ गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला ३ महिनापछि खुल्यो

त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला ३ महिनापछि खुल्यो

  • शुक्रवार, आश्विन २८ २०७९

  • 879
    SHARES

  • त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयको ताला ३ महिनापछि खुल्यो

    काठमाडौं । लामो समयपछि त्रिभुवन विश्वविद्यालय पदाधिकारीहरुको कार्यकक्षको ताला खुलेको छ । ताला लगाइएको करिब तीन महिनापछि त्रिवि केन्द्रीय कार्यालयमा लगाइएको ताला बिहीबार खोलिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो।

    उआँले भन्नुभयो, ‘हिजो नेविसंघको केन्द्रिय पदाधिकारी आएर ताला खोलेर जानुभयो । अब त्रिवि पूर्ण रुपमा खुलेको छ ।’ असार २७ गतेदेखि रेक्टर, शिक्षाध्यक्ष कार्यलयमा र उपकुलपतिको सचिवालय र कार्यकक्षमा नेविसंघ त्रिवि इकाइले लगाएको थियो। उहाँका अनुसार नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ताला खोल्नुभएको छ ।

    नेविसंघका केन्द्रीय अध्यक्ष शेर्पाले भदौ २७ गते त्रिवि नेविसंघ समितिको बिघटन गर्नुभएको थियो । त्रिविको आर्थिक प्रशासन महाशाखाको मुख्य कक्षमा उपत्यका नेविसंघले असार २७ गते लगाएको ताला असोज ५ गते खोलिएको थियो ।

    त्रिभुवन विश्वविद्यालयमा निरन्तर तालाबन्दीको कारण शिक्षक, कर्मचारीहरुको तलबभत्ता रोकिएको, निवृत्त शिक्षक एवं कर्मचारीहरुले पेन्सनलगायत रोकिएपछि त्रिवि कर्मचारीहरुले ताला खोल्न अपील गर्दै विज्ञप्ति निकालेपछि ताला खुलेको थियो ।


    शुक्रवार, आश्विन २८ २०७९०४:१९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij