काठमाडौं । प्युठानमा सूर्य थापाले सुरुवाती अग्रता लिनुभएको छ । नेकपा एमालेका उम्मेदवार थापाले १९८९ मत पाउनुभएको छ।
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले उहाँसँग प्रतिष्पर्धा गरिरहनुभएको छ। पौडेलको १७०१ मत आएको छ।
पौडेल यसअघि एमालेको समर्थनमा यही क्षेत्रबाट जित हासिल गर्नुभएको थियो।