Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा एक साताभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान

सुदूरपश्चिममा एक साताभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान

  • बुधवार, पौष २० २०७९

  • 578
    SHARES

  • सुदूरपश्चिममा एक साताभित्र मुख्यमन्त्रीको दाबी गर्न आह्वान

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एक साताभित्र मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुख देवराज जोशीले आह्वान गर्नुभएको छ ।

    नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टले बताउनुभयो ।

    प्रदेश प्रमुखको कार्यालयले आज जारी गरेको विज्ञप्तीमा ‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९-०९-२७ गते बुधबार बेलुका ५ बजेभित्र दावी पेश गर्न’ भनिएको छ।

    संविधानको धारा १६८ को उपधारा १ मा प्रदेश सभामा बहुमत प्राप्त गर्ने दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। तर, सुदूरपश्चिम प्रदेश सभामा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दलको समर्थनमा दाबी पेश गर्न आह्वान गरिएको हो।

    farwest gov.jpg


    बुधवार, पौष २० २०७९०२:३०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij