Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने  तयारी

सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने  तयारी

  • बिहिवार, चैत्र १६ २०७९

  • 598
    SHARES

  • सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने  तयारी

    काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूको बैठक बस्न लागेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवनबाट फर्किएको केही बेरमै बैठक बस्न लागेको हो। 

    आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले आज दिउँसो बालुवाटारमा दलहरूलाई मन्त्रीहरूको नामसहित उपस्थित हुन भन्नुभएको थियो। 

    आज बिहान चितवन जानुअघि सत्तारुढ दलहरूका शीर्ष नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्नुभएको थियो। बुधबार साँझ नै मन्त्रालयको भागबण्डा टुंग्याएका दलहरूले बिहानैदेखि मन्त्रीको नाम छान्न थालेका छन्। 

    कांग्रेस कार्यसम्पादन समितिको बैठकले मन्त्री छान्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ भने जसपाले संसदीय दलको बैठक बोलाएको छ। एकीकृत समाजवादीले भने बुधबार नै सचिवालय बैठकमार्फत मन्त्रीको नाम छनोट गरिसकेको छ। 

    केहीबेरमा बस्ने सत्ता गठबन्धनको बैठकमा दलहरूले मन्त्रीको नाम दिनुका साथै सरकारको न्यूनतम साझा कार्यक्रम पनि पारित गर्ने तयारी छ। 

    दलहरूले मन्त्रीको नाम दिएपछि प्रधानमन्त्री प्रचण्डले आझै साँझ मन्त्रिपरिषद्लाई पूर्णता दिनुहुने छ। मन्त्रिपरिषद्‌मा नेपाली कांग्रेसले ८, माओवादीको ५, एकीकृत समाजवादी र जसपाको २र२ र अन्य साना पार्टीहरूको एक÷एक मन्त्री पाउने सहमति भएको छ।

     

     


    बिहिवार, चैत्र १६ २०७९०४:०३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij