काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो। नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
त्यस्तै माओवादी केन्द्रबाट झपट साउद सामाजिक विकास मन्त्री र रमेश धामी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको छ । गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री बन्नुभएको छ । नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएको छैन ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको आजै साँझ शपथ हुने छ ।
२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहले भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गर्नुभएको थियो ।