काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताउनु भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज बिहान बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो । ‘हामी निरन्तर छलफलमा छौं । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं,’ उहाँले भन्नुभयो ।
संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस् भनेर राष्ट्रपतिबाट व्यक्त शुभेच्छा सकारात्मक रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताउनु भएको थियो ।
‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन, राष्ट्रपतिको शुभेच्छाप्रति आभार व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्न्ुभएको छ।