Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभाका लागि सत्ता गठबन्धनमा प्रारम्भिक छलफल

राष्ट्रियसभाका लागि सत्ता गठबन्धनमा प्रारम्भिक छलफल

  • मंगलवार, पौष १७ २०८०

  • 807
    SHARES

  • राष्ट्रियसभाका लागि सत्ता गठबन्धनमा प्रारम्भिक छलफल

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनमा प्रारम्भिक छलफल सुरु भएको छ। पुस २३ गते उम्मेदवारी मनोनयनको मिति नजिकिएसँगै दलहरुले भागबन्डाका लागि कसरत गरिरहेका छन्।

    आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच छलफल भएको छ। प्रदेशमा दलहरुको मतभार र विदा हुन लागेका सदस्य संख्याबारे आज सामान्य छलफल भएको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

    अब सत्ता गठबन्धन दलहरूसँग सामूहिक छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुने उहाँको भनाइ छ। तीन दिनअघि सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अहिलेसकै गठबन्धन सहज भएको निश्कर्ष निकाल्दै राष्ट्रियसभा निर्वाचनमा होमिने निर्णय गरेको थियो।

    छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो ।


    मंगलवार, पौष १७ २०८००१:३९:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij