Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजनीतिक परिवर्तनसँगै राज्यका संरचनाहरू पनि बदल्नुपर्छ : प्रचण्ड

राजनीतिक परिवर्तनसँगै राज्यका संरचनाहरू पनि बदल्नुपर्छ : प्रचण्ड

  • मंगलवार, पौष १७ २०८०

  • 664
    SHARES

  • राजनीतिक परिवर्तनसँगै राज्यका संरचनाहरू पनि बदल्नुपर्छ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।

    मंगलबार दिउँसो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र अन्य कर्मचारीहरूसँगको मन्त्रालयगत छलफलमा महिलालाई प्राथमिकता दिने नीति र महिलाहरूद्वारा सञ्चालित उद्योग र व्यवसायलाई प्राथमिकता दिने नीति लागू गर्न निर्देशन दिनुभयो ।

    बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेशराज आचार्यले पछिल्लो समयमा बाल सुधार गृहहरूमा केही समस्याहरू देखिएको र ती समस्याहरूको अन्तर्यमा कानूनी प्रबन्ध नै मुख्य रूपमा जिम्मेवार रहेको बताउँदै त्यसका निम्ति आवश्यक पहल लिनुपर्नेमा जोड दिनुभयो ।

    सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले समाज कल्याण परिषद्को पुनर्संरचनामा जोड दिँदै विदेशी दातृ निकायबाट प्राप्त हुने अनुदान र सहयोगलाई पारदर्शी, व्यवहारिक र परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । बाल मन्दिर र बाल सुधार गृह व्यवस्थित गर्न कानूनी प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो।

    सचिव अर्यालले लैंगिक हिंसा, बाल अधिकार, ज्येष्ठ नागरिक प्रवर्द्धनलगायतका काम गरिएको बताउँदै बालबालिकासम्बन्धी व्यवस्थित कानून नहुँदा बाल सुधार गृहमा विभिन्न समस्या देखिएको, दुर्व्यसनका विभिन्न समस्याहरू आइरहेकाले अध्यादेश नै ल्याएर भए पनि ऐन बनाउने कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।


    मंगलवार, पौष १७ २०८००५:३०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij