Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दुवै सदनमा भोलिदेखि बजेटमाथि छलफल हुने

दुवै सदनमा भोलिदेखि बजेटमाथि छलफल हुने

  • शनिवार, जेठ १९ २०८१

  • 701
    SHARES

  • दुवै सदनमा भोलिदेखि बजेटमाथि छलफल हुने
    काठमाडौं । संघीय सदनको दुवै सदनमा भोलि आइतबारदेखि बजेटमाथि छलफल हुने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो । माओवादीका सांसदलाई संसदीय दलको बैठक डाकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा प्रभावकारी रुपमा प्रस्तुत हुन निर्देशन समेत दिइसक्नुभएको छ ।
     
    यसैगरी राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले कार्य व्यवस्था परामर्श समितिको बैठक डाकेर जेठ मसान्तसम्मको बैठकको कार्यतालिका टुंग्याउनुभएको छ । आज सार्वजनिक भएको राष्ट्रिय सभा बैठकको कार्यतालिका अनुसार जेठ २०, २१, २२, २८ र २९ बैठक बस्नेछ ।
    सम्भावित कार्यसूची अनुसार जेठ २० गते राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने, लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० निर्माणार्थ प्रस्तुत हुने, मिडिया काउन्सिल विधेयक २०८० माथि सैद्धान्तिक छलफल हुने, सुरक्षित कारोबार विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत हुनेछन् ।
     
    त्यसैगरी, जेठ २१ गते राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने, जेठ २२ गते राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल र छलफलमा उठेको प्रश्नमाथि अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम रहेको छ ।
     
    जेठ २८ गतेको राष्ट्रिय सभाको बैठकमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल, मिडिया काउन्सिल विधेयक, २०८० लाई दफादार छलफलको लागि समितिमा पठाइने छ ।
     
    जेठ २९ गते संवैधानिक निकायका प्रतिवेदन पेस हुने र सुरक्षित कारोबार विधेयक सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल हुने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । 
     


    शनिवार, जेठ १९ २०८१०५:२०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij