Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहले गरे दाबी पेश

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहले गरे दाबी पेश

  • आइतवार, श्रावण २० २०८१

  • 1.1K
    SHARES

  • सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाहले गरे दाबी पेश

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गर्नुभएको छ। शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष  प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा दाबी पेश गर्नुभएको हो । आइतबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले सुदूरपश्चिममा शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।


    शाहले कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको हो। सरकार गठनका लागि २७ प्रदेश सभा सदस्य संख्या बहुमत हो । नागरिक उन्मुक्तिको रेशम पक्षका ५ जनाको पनि हस्ताक्षर आउने भनिएकोमा उनीहरूको संसदीय दलको बैठक बसिरहेकाले हस्ताक्षर हुन नपाएको कांग्रेस निकट स्रोतले बताएको छ। योसँगै सुदूरपश्चिममा आज चौथो पटक सरकार गठन हुन लागेको हो।

    मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आज साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो। 

    केन्द्रमा एमाले र कांग्रेसबीच नयाँ गठबन्धन भएपछि सुदूरपश्चिमको मुख्यमन्त्री कांग्रेसको भागमा परेको थियो। 


    आइतवार, श्रावण २० २०८१०२:०२:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij