Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

त्रिविले गर्यो उपप्राध्यापकको परीक्षा रद्द, यस्तो छ कारण

त्रिविले गर्यो उपप्राध्यापकको परीक्षा रद्द, यस्तो छ कारण

  • बुधवार, कार्तिक २६ २०७७

  • 1.2K
    SHARES

  • त्रिविले गर्यो उपप्राध्यापकको परीक्षा रद्द, यस्तो छ कारण

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले उपप्राध्यापक पदका लागि लिएको विज्ञापनमा पहिचान खुलाएर परीक्षा दिने २४० परिक्षार्थीको परीक्षा र उत्तरपुस्तिका रद्द गरेको छ ।

    आयोगले एक सूचना जारी गर्दै परीक्षाको नियमविपरीत आफ्नो पहिचान खुलाउने गरी तोकिएको ठाउँभन्दा अन्यत्र आफ्नो नाम÷रोल नम्बर, फोन नम्बर लेखी परीक्षाको मर्यादा उल्लङ्घन गरिएको जनाएको छ ।

    आर्थिक वर्ष ०७५÷०७६ मा प्रकाशित विभिन्न विज्ञापन नम्बर तथा विषयहरूको खुल्ला प्रतियोगिताको माध्यमद्वारा उपप्राध्यापक पदको पदपूर्ति गर्ने सन्दर्भमा ०७६ कार्तिक २८ गते देखि २०७६ पुस २ गतेसम्म सञ्चालित लिखित परीक्षामा सहभागी विभिन्न अध्ययन संस्थान तथा संकायका परीक्षार्थीमा यस्तो पाइएको त्रिविको सुचनामा उल्लेख छ ।

    यसरी रद्द हुनेमा चिकित्साशास्त्र तर्फका १६ जना रहेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानतर्फ १०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानतर्फ ६, विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ ७७, मानविकी तथा सामाजिक शास्त्र संकायका ५९, शिक्षाशास्त्र संकायका ३० र व्यवस्थापन संकायका ३८ जनाको परीक्षा तथा उत्तरपुस्तिका रद्द गरिएको छ ।

    यस्तै, कम्प्युटर एप्लिकेसन, नेपाली, ग्रामीण विकास तथा समाजशास्त्र गरी चार विषयका चार परीक्षार्थीको परीक्षा तथा उत्तरपुस्तिका रद्द गरिएको पनि सेवा आयोगले जनाएको छ ।

     


    बुधवार, कार्तिक २६ २०७७०२:३५:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij