Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘ओलीका पछिल्ला गतिविधिले पार्टी एकतालाई कुनै असर पार्दैन’ : प्रचण्ड

‘ओलीका पछिल्ला गतिविधिले पार्टी एकतालाई कुनै असर पार्दैन’ : प्रचण्ड

  • सोमवार, पौष ६ २०७७

  • 967
    SHARES

  • ‘ओलीका पछिल्ला गतिविधिले पार्टी एकतालाई कुनै असर पार्दैन’ : प्रचण्ड

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गतिविधिले पार्टी एकतालाई कुनै तात्विक असर नपार्ने बताएका छन् । आज एक वक्तव्य जारी गर्दै प्रचण्डले यस्तो बताउनुभएको हो ।

    पार्टीका अध्यक्षसमेत प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमका लागि उहाँलाई अनुशासनको कारबाहीका लागि स्पष्टीकरण सोधिएको पनि प्रचण्डले बताउनुभएको छ ।

    प्रनिनिधि सभा विघटन गर्ने ओलीको निर्णय असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदम भएको उल्लेख प्रचण्डले आरोप लगाउनुभएको छ ।

    आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकले ओलीको कदमको भर्त्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने र पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण मागेको विषय जनाउनुभएको छ ।

    ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन । नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो’, प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपील गर्दछु ।’

    131639537_2839829502921226_35494119013158894_o.jpg


    सोमवार, पौष ६ २०७७११:४१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij