Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कक्षा ११ र १२ को पाठ्यक्रमसम्बन्धि रिटमा आज अन्तिम सुनुवाइ

कक्षा ११ र १२ को पाठ्यक्रमसम्बन्धि रिटमा आज अन्तिम सुनुवाइ

  • सोमवार, पौष २७ २०७७

  • 983
    SHARES

  • कक्षा ११ र १२ को पाठ्यक्रमसम्बन्धि रिटमा आज अन्तिम सुनुवाइ

    काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम कार्यान्वयन सम्वन्धी रिटमा आज अन्तिम सुनुवाई गर्दै छ ।

    न्यायाधिश टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको २० गतेको इजलासले आजको लागी अन्तिम सुनुवाइमा पठाउने आदेश गरेको होे । नयाँ पाठ्यक्रम कार्यान्वयन सुरु भएपछि पुरानो पाठ्यक्रम कार्यान्वयन नगर्न आदेश माग गर्दै भगवता अर्यालसमेतले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो । 

    शिक्षा मन्त्रालयले यसै शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न निर्देशन दिएसँगै गत असोज २८ गते रिट परेदेखि हालसम्म उक्त मुद्दालाई सर्वाेच्चले ६ पटक सारिसकेको छ ।

    पहिलो पटक ३० असोजमा निर्णय गर्ने भनिएको पाठ्यक्रमको मुद्दा स्थगीत गरेर सर्वाेच्चले १९ कात्तिकलाई सारेकोे थियो । १९ कात्तिकमा सर्वाेच्चले तत्काल नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश दिएर मंसिर ४ गते फैसला गर्ने बताएको थियो । मंसिर ४ मा पनि स्थगीत भएको उक्त मुद्दा ६ पुसमा हेर्न नभ्याइने भन्दै २० पुसलाई सारिएको थियो । पुष २० गते पनि सर्वाेच्च अदालतले सम्बन्धीत पक्षलाई कागजात पेश गर्न भन्दै आजलाई पेशी तोकेको हो ।

    शैक्षिकसत्र सुरु भएको पाँच महिना बितिसक्दा पनि नयाँ पाठ्यक्रम पढ्ने कि पुरानो पढ्ने भन्ने विषयको टुङ्गो लाग्न सकेको छैन । यसरी लामो समयसम्म पनि सम्बन्धित निकायले ठोस निर्णय दिन नसक्दा शैक्षिकसत्र जोखिममा पर्न सक्ने विज्ञहरुले बताएका छन ।

    सम्बन्धित निकाय मौन रहेको छ भने न्यायालयले प्राथमिकतामा नदिँदा विद्यार्थीको भविष्य धरापमा परेको भन्दै आलोचना भएपछि आज अन्तिम सुनुवाई हुन लागेको हो ।


    सोमवार, पौष २७ २०७७०८:५८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij