काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर पिजी तहको शुल्क निर्धारण गरेको छ। । आयोगले आज एक सूचना जारी गर्दै शुल्क निर्धारण गरेको हो ।
आयोगले एमडी एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययनका लागि २२ लाख ९९ हजार शुल्क लाग्ने जनाएको छ ।
त्यस्तै चिकित्सा शिक्षा आयोगले एमएस्सी एमएलटी, एमएस्सी एमआइटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजी बायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययनका लागि ७ लाख ३१ हजार ५ सय रुपैयाँ शुल्क निधारण गरेको छ ।
साथै, एमफिल क्लिनिकल साइकोलोजीका लागि भने आयोगले २ लाख ९३ हजार ६ सय ४५ रुपैयाँ तोकेको छ ।
एमडी आयुर्वेद अध्ययनका लागि ९ लाख २४ हजार ३ सय ६५, ,एमएन एमएस्सी नर्सिङ र एमपीएच अध्ययनका लागि ८ लाख ८८ हजार २ सय ५० र एमफर्मामा अध्ययनका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको छ ।
