Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री सेनापतिजस्तै बनेर शिक्षालयमा राजनीति गराउन हिड्नुभयो : सुमना

प्रधानमन्त्री सेनापतिजस्तै बनेर शिक्षालयमा राजनीति गराउन हिड्नुभयो : सुमना

  • बिहिवार, भाद्र ६ २०८१

  • 900
    SHARES

  • प्रधानमन्त्री सेनापतिजस्तै बनेर शिक्षालयमा राजनीति गराउन हिड्नुभयो : सुमना

    काठमाडौं । पूर्वशिक्षामन्त्री सुमाना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सेनापतिको संज्ञा दिनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिको रुपमा प्रधानमन्त्री बोल्दै हिँडेको आरोप लगाउनुभयो ।

    उहाँले भन्नुभयो, विभागीय प्रमुख पदको लागि दलीय राजनीतिले त्रिविमा दुर्दशा निम्त्याएको छ। यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ। विवाद भएका विश्वविद्यालयका कुलपति को ? प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमाबाट माग गर्नुपर्ने त्यो परिषद्को कप्तान को ? प्रधानमन्त्री, साउन ३० गते सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परिक्षा नियन्त्रकलाई कुटे, क्याम्पस प्रमुख र प्रशासन मुकदर्शक त्यसको माउ पार्टीको अध्यक्ष को अहिलेको प्रधानमन्त्री । शिक्षालयमा अहिले दल चाहिन्छ भनेर सेनापतिको रुपमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ भन्ने शिक्षक र प्राध्यापकले राजीतिक गर्नुपर्छ भन्ने पनि प्रधानमन्त्री ।’

    उहाँले शिक्षामा पार्टी दलीय राजनीति मुक्त बनाउने अभियानमा रहेको बताउनुभयो ।

     


    बिहिवार, भाद्र ६ २०८१०२:१३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij